स्कुटर र मिनि ट्याक्टर ठोक्किदा भएको दुर्घटनामा मृत्यु
२० आश्विन २०७७, मंगलवार १६:४९
धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ स्थित त्रिवेणी मार्गमा दुर्घटना हुदाँ एक जानको मृत्यु भएको छ ।
मंगलबार विहान स्कुटर र मिनि ट्याक्टर ठोक्किदा धरान १४ पिण्डेश्वर पथका २५ वर्षीय गोकुल तामाङको मृत्यु भएको हो । धरान प्रहरीका अनुसार तामांगको को ३० प १२९६ नम्बरको स्कुटर पछाडि बस्नुभएको थियो ।
को १ च ८८०१ नम्बरको मिनी ट्याक्टरसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते बनेका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मिनि ट्याक्टर चालक तुलसी बि.क. नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया