सुनसरीको धरानमा प्याजको भाउँ मनोमानी – Nagarikabhiyan : National News

सुनसरीको धरानमा प्याजको भाउँ मनोमानी

इनरुवा ।  सुनसरीको धरान स्थित कृषि उपज बजारस्थलमै धरान उपमहानगरपालिकाले निर्धारण गरेको मूल्य भन्दा बढीमा प्याज बिक्रि भईरहेको पाइएको छ । व्यापारीहरुले निर्धारित मूल्य भन्दा १५ देखि ३५ रुपियाँ बढिमा प्याज बिक्रि गरेको पाइएको हो । कृषि बजारमा होलसेलमा प्रतिकेजी ७० रुपियाँमा बिक्री गर्नु पर्नेमा व्यापारीले होलसेलमै ८५ रुपियाँ लिने गरेका छन् ।
असोज ६ गते धरान उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, इलाका प्रशासन, कृषि उपज बजारका पदाधिकारी र व्यापारीहरुसहितको छलफलले प्याजको थोक (होलसेल) मुल्य ७० रुपियाँ र खुद्रा मुल्य ८५ रुपियाँ कायम गरेको थियो ।

धरान ३ स्थित पालिका तरकारी बजारका व्यापारीहरुले प्रतिकिलो १ सय रुपियाँमा बेच्दै आएका छन । धरानभित्र कतिपय व्यापारीले १ सय २० रुपियाँसम्म प्रतिकिलोसम्म पनि बिक्री गरिरहेका छन् । पालिका बजारका व्यापारीलाई किन निर्धारित मूल्य भन्दा बढि मुल्यमा विक्रि गर्नु भएको ? भनि प्रश्न गर्दा व्यापारीहरु घनश्याम चौधरी, सहदेव चौधरी लगायतले कृषि बजारमा नै बढि मूल्य लिने गरेकाले आफूले पनि बढीमा बेच्नु परेको बताएका छन् ।

उनीहरुले अनुसार कृषि बजारमै व्यापारीले ८५ देखि ९० रुपियाँसम्म लिने गरेको बताउनुभयो । धरान–३ स्थित सदन रोडमा पनि १ सय रुपियाँ प्रतिकेजी प्याज बिक्रि भईरहेको पाईयो । त्यहाँका व्यापारी सन्दिप श्रेष्ठलाई प्रश्न गर्दा उहाँले भन्न्भयो, ‘हामीले नै ८५ देखि ९० सम्ममा किन्नुपर्छ । कति त नष्ट हुन्छ । हामीलाई पनि एक दुई रुपियाँ चाहियो नि ।’भानुचोक नजिकको तरकारी बजारमा पनि प्याज प्रतिकिलो १ सय रुपियाँमा बिक्री भईरहेको पाइयो । कृषि उपज बजार स्थल धरानका अध्यक्ष पर्शुराम कटुवालले व्यवसायीले प्याज ल्याउँदा बिग्रिएर आएकाले महँगोमा बिक्री गर्नु परेको बताउनुभयो ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने उपमहानगरले अनुगमन गरेर छोड्ने गरेको हुनाले व्यापारीहरुले मनोमानी तरिकाले विक्रि गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैमा बेचेको भेटेपछि कार्वाही गरिहाल्ने हो भने दोहोरिदैन थियो ।’ बजारमा आफु नभएको र के छ भन्ने जानकारी नभएको बताउनुभयो ।
उपमहानगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन संयोजक मञ्जु भण्डारी भारतबाट प्याजको सहज आपुर्ति नभएकाले लुकिछिपि ल्याएको भन्दै व्यापारीले महँगोमा बेच्ने गरेको बताउनुभयो ।
खानेपानी ट्याङ्की निर्माण कार्य विवादमा
इनरुवा समाचारदाता
इनरुवा, असोज १९ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा शहीद स्मृति शान्ति पार्कका लागि छुट्याइएको जग्गामा तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बनाउँदै गरेको खानेपानी ट्याङ्की निर्माण कार्य विवादमा परेको छ । ट्याङ्कीको निर्माण गर्दा मुख्य सरोकारवालासँग छलफल नगरिएको भन्दै स्थानीय लालबस्तीवासीले निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । नेपाल सरकारको स्वीकृति बिना र मापदण्ड विपरित निर्माण भईरहेको टंकीले बस्ती बासीको सुरक्षामा खतरा बढाउने भएपनि तोरीबारी खानेपानी र नेकपाका केहि स्थानीय नेताहरु जसरी भएपनि ट्याङ्की बनाउन लागिपरेको स्थानीय डम्बरकुमार तुम्बाहाङफले आरोप लगाउनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार सडक तथा बस्ती वाट १ सय ५० मीटरको दुरीमा मात्र ठूला भौतिक संरचना बनाईनु पर्ने हो, तर यहां त बस्तीबाट २० फुट नजिकै ट्याङ्की बनाईदै छ ।
सहिद स्मृति शान्ति पार्कका पूर्वअध्यक्ष समेत रहेका तुम्बाहाङफेले आफुहरुसँग कुरै नगरी ट्याङ्की बनाउन लागिएको बताउनुभयो । उहाँले नेकपाका स्थानीय नेताहरु शहीद पार्कको जग्गा बेचीखान लागेको आरोप समेत लगाउनुभयो । तुम्बाहाङ्फेले ट्याङ्की निर्माण रोक्न माग गर्दै उपभोक्ता समिति, जिल्ला प्रशासन कार्यलय सुनसरी र बराहक्षेत्र नगरपालिकालाई विपक्षी बनाएर असोज ९ उच्च अदालत, विराटनगरमा निवेदन दिएका थिए । न्या
याधिश नरिश्वर भण्डारीको एकल इजलासले असोज ११ गते ट्याङ्की निर्माण कार्य नगरी यथास्थितीमा राख्नु भनि विपक्षीहरुको नाममा अल्पकालिन आन्तरिम आदेश जारी गरेको थियो । तर उपभोक्ता समितिले अदालतको आदेश अटेर गरेर निर्माण कार्य जारी राखेको तुम्बाहाम्फे बताउँनुहुन्छ ।
तोरीबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देल उपभोक्ताको साझा हितको लागि भनेर ट्याङ्की निर्माण गरिएको बताउनुभयो ।