चोरीको रागा सहित एक पक्राउ
१३ आश्विन २०७७, मंगलवार १९:२६
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ६ मधेशाको यज्ञ बहादुर श्रेष्ठको रागां चोर्ने चोर पक्राउ परेका छन् । श्रेष्ठले चराउनको लागि किला ठोकी लामो डोरीले बाधि राखेको रागा मोरंङको बुढिगंगा गाउपालिका ४ का २६ वर्षिय राजेश रामले चोरीगरी लादैगरेको अवस्थामा पक्राउ परेको हो । रामलाई सुनसरीको गढी गाउपालिका कालिमंन्दीर टोल भित्री सडकमा गस्तिमा रहेको प्रहरी चौकी औरावनीको टोलिले फेला पारेको हो ।
राँगा सहित रामलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेकोमा मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चौपाय चोरी कसुरमा रामलाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
उता फरक प्रसंगमा अवैध राँगा बरामद गरी भन्सार बुझाईएको छ । सुनसरी इनरुवा नगरपालिका ४ राजमार्गमा मंगलबार बिहानीपख भन्सार छलि चोरी पैठारी गरी राँगा (भैसीको पाडा) हिडाउदै गरेको अवस्थामा बरामद गरेको हो । सात थान राँगा सहित सुनसरीको भोक्राहानरसिंह गाउपालिका ५ का मो. रिया अन्सारी र सोहि स्थानका बसरुद्धिन खाँलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि सुनसरी भन्सर कार्यालय सेतुबन्ध कोशीब्यारेज पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया