कोशी गाउँपालिकाका सहकारीकर्मीलाई लेखा तालिम
२१ फाल्गुन २०७८, शनिबार १९:४८
इनरुवा, फागुन २१ गते । सनुसरीको कोशी गाउँपालिकामा स कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीसमपन्न गरेको छ । गाउँपालिकाका उद्यमी युवा महिलाहरु सहित विभिन्न सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा गाउँपालिकाको सम्बन्धीत शाखाका कर्मचारीलाई एक हप्ते सहकारी लेखा व्यवस्थापन तालिम दिएको हो । कोशीमा सञ्चालित ७ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो ।
कोशी गाउँपालिकाको आयोजनामा सञ्चालन गरेको तालिममा कोशी गाउँपालिका वडा नं.१ देखी ८ सम्मका २० जनाको सहभागिता रहेको थियो । गाउँको ८७० जना सेयर सदस्य रहेको कोशी बचत तथा ऋण सहकारी संस्था र एक हजार १७० सेयर सदस्य रहेको सप्तकोशी महिला बचन तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुलाई सहकारीमा आवद्ध भई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको मेहताले जानकारी दिनुभएको छ । तालिम प्रशिक्षक शेखर भट्टराई, कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरी, राजकिसोर मेहता, सीमामाया मगर, कुमार समदर्शी , जितेन्द्र उराँव सहितका सात जनाले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहकारी संस्था तथा गाउँपालिकाका सम्बन्धीत शाखाका कर्मचारीलाई क्षमता विकास सहित लेखा व्यवस्थापन पोक्त्त बनाउने काम सहकारी लेखा व्यवस्थापन तालिमले दिने जानकारी गराएको थियो ।
यसैबीच सहकारीकर्मीहरुका लागि कोशी गाउँपालिकाले दुई दिने अन्तरजिल्ला भ्रमण समेत गराइएको छ । सुनसरीको विभिन्न सथन सहित मोरग र झापाको भ्रमण गराइएको छ । भ्रमण र तालिममा श्रीपुर सहकारी, महिला साकोस इटहरी। सहारा मेताल साकोश विर्तामोड सहितको क्षेत्रमा गराएको कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले बताउनुभयो । गिरीले सहभागिहरुलाई सहकारीलाई शुरु देखि नै व्यवस्थित, पारदर्शी, मितव्यी र सबैको विश्वासनीय बनाउनका लागि लेखा प्रणालीलाई व्यवस्थित गराउनु पर्नेमा जोड दिनुभयो । सानो सानो पूँजि संकलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारी मार्फत आर्थिक तथा सामाजिक अवस्थमा सुधार ल्याउनका लागि वित्तीय अनुशासन अति महत्वपूर्ण हुने भन्दै उहाँले लेखा सम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको कोशी सहकारीका गितौ पौडेलले जानकारी दिनुभयो । सहकारी तथा समुहमा वचत संकलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका किशोरीहरुलाई संगठित गराई उनीहरुलाई थप आयआर्जनमा केन्द्रीत गराउन सहकारी संस्था गठन गरिएको सप्तकोशी सहकारीकी मोती मेहताले जानकारी दिनुभयो ।
आम्दानी बढाएर तथा खर्च कटाएर बचत गर्दै आएका महिलाहरुलाई आफै लेखा राख्न सिकाउने तथा सहकारी संस्था दर्ता भएकाले लेखा व्यवस्थापनका लागि तालिम सहयोगी भएको तालिमका सहभागी गिता पौडेलले बताउनुभयो । विपन्न वर्गका महिलाहरुलाई आयआर्जनसंगै सामाजिक रुपमा सचेत बनाउनका लागि तालिमले योगदान गरेको अर्का सहभागी चन्द्रकला नेपालले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया