खोलामा डुबेर युवकको मृत्यु – Nagarikabhiyan : National News

खोलामा डुबेर युवकको मृत्यु

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ४ का एक यवकको खोलामा नुहाउने क्रममा आइतवार मृत्यु भएको छ ।
हालको हरिनगर गाउँपालिका ४ र साविकको हरिनगरा गाविस वडा नम्बर ६ को २१ वर्षिय सुशिल मेहता मरिया खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।