अनसनरत डा. केसीलाई जबरजस्ती उठाएर अस्पताल पुर्याइयो, केसीको स्वास्थ्य अवस्था बिग्रदै
४ आश्विन २०७७, आईतवार १९:२३
सुर्खेत । अनसनरत डा. गोविन्द केसीलाई जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
शनिबार राती करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जबरजस्ती उठाएर अस्पताल लगेको हो। डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले ‘राती म घर गएको थिएँ । प्रहरी आएर जबरजस्ती लगेछन् ।’ भनेका छन् ।
डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए। तर उनले अस्पताल जान मानेका थिएनन् । डा. केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा विगत ७ दिनदेखि अनसनरत थिए ।
प्रतिष्ठानमा लगिएका केसीले स्लाइन लिन र पेसर चेकजाँच गर्न पनि मानेका छैनन् । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया