कोशीमा एमालेको विरोध प्रदर्शन , कोशीका अध्यक्ष भ्रष्टाचारमा लिप्त भएको लगाए आरोप
१९ माघ २०७८, बुधबार १८:५०
सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ । एक महिना यता बढेको भ्रष्टचार विरुद्धको आबाजलाई सम्बोधन गर्नुपर्ने र छानविन गर्नुपर्ने माग सहित एमाले कोशी गाउँ कमिटिले बुधबार दिउसो आधा घण्टा सडक अवरुद्ध पारेर विरोध प्रदर्शन गरेको हो । सुनसरीको कोशी गाउँपालिकाको वडामा एकपछि अर्को भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै स्थानीयहरु सडक आन्दोलनमा उत्रेको बेला नेकपा एमालेले समेत कोशी गाउँपालिका १ को लौकही बजारमा सयौंको संख्यामा नेताकार्यकर्ताहरु भेला भई प्रदर्शन र सडक अवरुद्ध गरेको जनाएको छ । कोशी गाउँपालिका २ र ३ नम्बर वडामा नागरिक समाजको नाममा भएको पटक पटकको घण्टा धर्ना, नाराबाजी र घेराउमा उठेको भ्रष्टाचारका मुद्धाहरुको छानविन गर्नुपर्ने र दोषी माथि कार्वाहीको माग गर्दै मंगलबार गाउँपालिका कार्यालय नजिक पूर्वपश्चिम लोकमार्गमा प्रदर्शन छन् । आन्दोलनमा उत्रेका एमालेका नेता कार्यकर्ताहरुले कोशी गाउँपालिकाको चार वर्षमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गरि दोषीलाई कार्वाही नगरेसम्म विभिन्न चरणको आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् । सयौंको संख्यामा स्थानीय एमाले कार्यकर्ताहरुले युवाहरुको धर्ना र घेराउको क्रममा पक्राउ परेकाहरुलाई लगाएको झुठा मुद्धा फिर्ता लिनुपर्ने, दमनशैली बन्द गर्नुपर्ने, वार्ता र छलफलको नाममा बोलाएर यूवाहरुलाई कुटपिट गरेको र उल्टै मुद्धा चलाउने कामको विरोध समेत गरेका छन् ।
कोशी गाउँपालिकाको विभिन्न वडामा गरिब विपन्नलाई दिनुपर्ने राहत, सहयोग र स्वरोजगार कार्यक्रम सबै जनप्रतिनिधिहरुले आफू र आफू निकटकालाई मात्रै दिएको, अनि त्यसमापनि व्यापक अनियमितता गरेको भन्दै स्थानीय सरकार विरुद्ध नाराबाजी गरेका छन् ।

कोण सभामा एमालेका प्रदेश कमिटि सदस्य अजय कुसियैतले कोशीका अध्यक्ष ऐयुव अंसारीको एकलौटी कार्यशैलीले नागरिकमा आतंक मच्चाएको र आफू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो । वहाँले कोशीका अध्यक्ष अंसारीले सरकारी सम्पती व्यक्तिगत रुपमा प्रयोग गरेको, आफ्ने आसेपासेलाई पालन गर्ने गरी भर्ना गरे, कमिसनमा लिप्त भए , शिक्षा र स्वास्थ्यमा सिण्डिकेट चलाए, राजमार्गमा कसैलाई एक मिनेट बन्द गर्न नदिएको दुई दिनपछि आधा घण्टा चक्का गरेर देखाएको बताउनुभयो ।
अंसारीले जनतासंग कर असुल गरेको भएपनि उसले निजी काम, निजी ठेक्कापट्टा गरे, विकासका नाममा सात किलो मिटर कालोपत्रे भएकोमा आफ्नै ठेक्कापट्टा चलाएको र उपभोक्ता समितिको नाममा अध्यक्ष अंसारीले आफ्नै स्काभेटर, गाडी, उपकरण प्रयोग गरी सिन्डीकेट चलाएको कुसियैतले खुलासा गर्नुभयो ।
कुसियैतले भ्रष्टाचारको विरुद्ध उभिएका युवाहरुलाई अंसारीले फसाउने सडयन्त्र र सरकारलाई गुम्राहामा पार्ने काम समेत गरेको टिप्पणी गर्नुभयो ।
कोण सभा अघि एमालेले कोशीका अध्यक्ष सहित कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीको सम्पती छानविन गर्नुपर्ने, अनियमितता गर्नेलाई कार्वाही गर्नुपर्ने, भ्रष्टाचारीलाई कार्वाही गर, अनियमितता र ढिलासुस्ती बन्द गर, अन्याअत्याचार बन्द गर भन्दै न
ाराबाजी समेत गरेका छन् ।
विरोध प्रदर्शन पछि आयोजित कोण सभामा एमालेका नेता सरोज पोखरेल, डीबी साह शंकर, इन्द्र पोखरेल, एमाले सुनसरी सचिव पर्शुराम यादव, जफर जमाली, नेता सूर्यप्रसाद यादव, रामाधिश अधिकारी, बाबुराम साह, रामचन्द्र यादव लगायतकाले कुनै पनि बहानामा भ्रष्टाचार गर्न नहुने र गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया