सुनसरीको गढीमा आगलागी हुँदा पाँच लाख बाराबरको क्षति – Nagarikabhiyan : National News

सुनसरीको गढीमा आगलागी हुँदा पाँच लाख बाराबरको क्षति

इनरुवा ।  सुनसरीको गढी गाउँपालिका वडा नं. ६ सत्तेरझोरा हात्तीमुडा टोलको एक घरमा आगलागी हुँदा पाँचलाख बराबरको क्षतिभएको छ ।

दुखालाल साह तेली तेलीको भन्सा घरमा खाना पकाई अराम गरी रहेको वेला अचानक भन्सा घरवाटै आगो सल्की पुरै घर र घरमा रहेको लत्ता कडा, खाद्य्यान र १ वटा गोरु, १ वटा बाछो समेत जलेर मृत्यु भएको छ ।

सो आगलागीवाट पाट, खाद्य्यान, घर लगायात करीब ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घरमा लागेको आगालाई इनरुवा र दुहवीबाट आएको दमकलले नियन्त्रणमा लिएका थिए ।