सीमामा विष्पोटक पदार्थ पटका बरामद
३१ भाद्र २०७७, बुधबार १५:०१
सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका १ लौकहीबाट सशस्त्र प्रहरीले पटका बरामद गरेको छ । सशस्त्र सीमा सुरक्षा बल (बिओपी) लौकहीले ठूलो परिणाममा बिस्पोटक पदार्थ पटाका बरामद गरेको हो । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीको समयमा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको जनाएको छ । नागिन पटाका सहित बरामद गरिएको जनाएको छ । सीमा खण्डबाट ती अवैध सामग्री ल्याउदै गरेका व्यक्तिहरु प्रहरीलाई हेरेर पटका छाडी भागेकाले बरामद भएको सशस्त्र प्रहरी निरीक्षक(इनिस्पेक्टर) अरुण पाण्डेले जानकारी दिनुभएको छ । बुधबार विहान सशस्त्र प्रहरीको विशेष चेकिङ टोलीले पटाका बरामद गरेको थियो । बन्दाबन्दीमा सिमापारीका नागरिक नआओस भनेर निगरानी बढाएको बेला विष्फोटक पदार्थ (पटाका) बरामद गरी विओपी लौकहीले आफ्नो हाताभित्र खाल्डो खनी नष्ट गरिएको थियो ।
बरामद गरीएको पटका करिव ३० हजार रुपियाँ मूल्य बराबर भएको र स्थानीय भद्रभलादमीको रोहबरमा खाल्डो खनी नष्ट गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया