भोक्राहा नर्सिङ्गमा शारदा मार्ग शिलान्यास
३० भाद्र २०७७, मंगलवार १५:५२
इनरुवा । सुनसरी भोक्राहा नर्शिङ्ग गाउँ पालिका वार्ड न १ मा आज सोमबार शारदा मार्गको शिलान्यास सम्पन्न भएको छ ।
प्रदेश सरकार न १ को भैतिक पुर्वाधार विकास मन्त्रालय बाट आर्थिक बर्ष २० ७६ र० ७७ मा शारदा मार्ग भोक्राहा नर्शिङ्ग १ को लागि विनियोजित रकम ५,५०,२१,६२८ र ७२ पैसाको निर्माण कार्य शुभारम्भ गर्न प्रदेश न १ को उधोग , पर्यटन, वन तथा वतावरण मन्त्री मानवीय श्री जगदीश प्रसाद कुसियैत ज्युको हात बाट उद्घाटन सु सम्पन्न भएको हो ।
मन्त्री कुसियैतका अनुसार यो क्षेत्र बाट म प्रत्यक्ष रूपमा नभए पनि यहाका जनताको विकास प्रति मेरो दाइत्व सधै रहिरहने र साथै प्रदेश सरकारले अब आउने दिनहरू पालिकाको बजेट बाट नभियाएको विकासहरु हामीले गर्ने पर्तिबध्यता समेत जनाउदै वडा १का अध्यक्ष ललित थापाको शिघ्र स्वास्थय लाभको कामना समेत दिएका थिए। त्यसै गरि स्वागत मन्तव्यमा नेपाल काङ्ग्रेस पालिका सभापति युवराज दहाले राखनु भएको थियो । विकासका काममा हामी सबै राजनीतिक दलले एक जुट भएर अगाडि बढनु पर्छ । यस क्षेत्रमा विकास खाचो रहेको भन्दै प्रतीपछी दलका नेता कर्याकर्ता लगायत सबै लाई शुभकामना तथा बधाई दिएका थिए ।
निर्माण मार्ग लगभग २ किलो मिटर बनाउने योजना रहेको ठेक्का श्री जोसि र आर के जे भी बिजुली बजार काठमाडौ कम्पनीले लिएका छन । भने निर्माण गर्नु पर्ने समय अवधि २ बर्ष रहेको र आफुले लिएको काम समयमै सकिने , गुणस्तर काम गर्ने निर्माण व्यवसायी रमेश कार्कीले कार्यक्रममा बताएका थिए ।
कार्यक्रम संयोजक वडा कार्यालयले गरेको थियोे । भने वडा सदस्य सत्य नारायण मेहताको अध्यक्षतामा कार्यक्रम भएको थियो । बिशिस्ट अथिती प्रदेश १ का इन्जिनियर डि ,साहेव पालिका अध्यक्ष महेन्द्र प्रसाद यादव , अथितिहरुमा नेकपा तर्फ प्रदेश कमिटिका किरण कार्की , पालिका कमिटी अध्यक्ष हेम नारायण मन्ड्ल , लगायत गाउँ समाज सेवि व्याक्तिहरुको उपस्तिथि रहेको गाउँ नेकपा सचीव रामकुमार मेहताले बताउनु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया