नागरिक समाजले गरे इनरुवा अस्पतालमा सरसफाइ
१ माघ २०७८, शनिबार ११:५९
सुनसरी सदरमुकाम इनरुवाको एक मात्रै सरकारी अस्पतालमा व्यथिति बढेको गुनासो र सुधारको प्रयास जारी रहेको बेला नागरिक समाजको तर्फबाट इनरुवा अस्पतालमा सरसफाइ गरिएको छ । इनरुवा अस्पताल नगरबासीको सम्पती भएको र यसको सरसफाई सहित संरक्षणको दायित्व नागरिकको पनि भएको भन्दै नागरिक समाजको तर्फबाट इनरुवा अस्पताल सुधार संघर्ष समितिले सरसफाई गरेको हो ।
संघर्ष समितिले प्रत्येक १५ दिनमा सरसफाइ गर्ने उद्घोषका साथ वृहत रुपमा सरसफाई गरेको छ । नागरिक समाजले आफ्नै सकृयतामा र इनरुवा अस्पताल सुधार संघर्ष समितिको अगुवाईमा अस्पातलको ओपीडि कक्षदेखी परिसरभरी नै फोहोरमैला संकलन, झाडुले सफाई, उम्रेका विरुवा तथा घास र झारपात समेत उखेलेर तथा काटेर सरसफाई गरेको संयोजक दिलिपचन्द साहुले जानकारी दिनुभयो ।
इनरुवा अस्पतालमा सरसफाइ गरेकोमा अस्पातलका निमित मेसु डा देवराज घिमिरेले प्रसंसा गर्दै अस्पतालले आफ्नै गर्ने काम भएपनि केही बेथिति रहेकाले इनरुवा अस्पताल सुधार संघर्ष समितिले सरसफाई गरेको बताउनुभयो । सरसफाई साकेंतिक काम भएकाले अव यसमा अस्पताल प्रशासनले गम्भिर भएर काम गर्ने बताउनुभयो ।
सरसफाईमा पूर्व प्रधानाध्यापकहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक तथा प्रध्यापक समेतको सहभागिता रहेको थियो । इनरुवा अस्पतालको सरसफाइपछि भेटिएका केही बोतलहरु र फोहोरमा फेला परेका कागजातहरुका अनुसार बाहिरका किल्निकको र छिमेकीहरुको घरको समेत फोहोर अस्पतालको खाली ठाउँमा फ्याक्ने गरेको पुष्टी भएको छ । अस्पतालमा पुराना बियर अनि भोट्काको बोतल समेत भेटिएको छ । यसले विगतका डाक्टरहरुले अस्पताल जस्तो संवेदनशील ठाउँ भित्र रक्सिको ब्यापार सेवन गरी बिरामीको उपचार गरेको हुन सक्ने अनुमान गरिएको छ । मानव स्वास्थ्यको मन्दिर भनेर चिनिने गरेको जिल्ला अस्पताल इनरुवा सुनसरी रक्सीको भट्टी हो कि जस्तै स्थानीयहरूलाई लाग्ने गरेको वडा अध्यक्ष रामचन्द्र पौदारले बताउनुभएको छ ।
विगतमा जिल्ला अस्पताल इनरुवा सुनसरीको परिसरभित्रै ठुलो परिणाममा विभिन्न ब्राण्डका रक्सीको खाली बोतल भेटिएपछि इनरुवा अस्पताल अस्पताल नभएर रक्सी भट्टीजस्तै लागेको स्थानीयहरूले बताएको सेलाउन नपाउदै फेरी सोही दृष्य फेला परेको र नयाँ डाक्टर घिमिरे एकै दिनमा पुराना बोतल सरसफाई गरेर फ्याक्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया