देवानगंजमा चट्याङ लागेर एक बालिकाको मृत्यु – Nagarikabhiyan : National News

देवानगंजमा चट्याङ लागेर एक बालिकाको मृत्यु

 देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिका ६ स्थित पासवान टोलका १२ वर्षीय सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको छ ।

मंगलबार विहान ११ बजे घर नजिकै बरगाछी नीर माछा मार्न गएको बेला मुसलधरे वर्षासंगै परेको चट्याङ लागेपछि पासवानलाई उपचारको लागि देवानगंज बाजर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।