पार्टीमा एजेण्डा स्थापित ः कोईराला – Nagarikabhiyan : National News

पार्टीमा एजेण्डा स्थापित ः कोईराला

नेपाली काग्रेंसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले पार्टीमा आफु सभापतीको उम्मेदबार भएर पराजीत भएपनि एजेण्डा स्थापित भएको बताउनुभएको छ । सनिबार नेपाली कांग्रेसको निकट मानिने नेपाल निजामती कर्मचारी युनियन सुनसरीको आठांै जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुदै सो कुरा बताउनुभएको हो । नेता डा.कोइरालाले नेपाली कांग्रेसको सभापतिको कुर्सीमा आफु नपुगेपनि एजेण्डा स्थापीत गरेको बताउनुभएको छ ।
उहाँले जनतामा कांग्रेस प्रतिको सम्मान निकै भएपनि गत निवर्माचनमा नेतृत्वको कारण तीनै तहको निर्वाचन हारेको जिकिर गर्नुहुदै पार्टीको आन्तरिक निर्वाचनमा सभापतिमा शेरबहादुर देउबाले जितेपनि आफ्नो पनि एजेण्डाहरुलाई सम्बोधन र स्विकार गर्ने हुनुभएकाले पार्टी अगमि निर्वाचनमा पहिलो पार्टी बन्ने दावी गर्नुभयो । कोईरालाले आफ्नो संकल्पको चर्चा गर्नुहुदै नेपाली जनताको लामो संघर्ष पछि प्राप्त संविधानसभा मार्फत जारी संविधानप्रति पूर्णप्रतिबद्धता व्यक्त गर्दै यसको सफल कार्यान्वयन र समयानुकुल संविधानमा सुधार र परिमार्जन गर्दै जाने, कांग्रेस पार्टीका अगुवा कार्यकर्ताहरुलाई राजनीतिक विचारबाट दिक्षित गर्न पार्टी विधान अनुरुप राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका आदर्शहरुप्रति निष्ठावान बनाउने अभियान चलाउने लगायतका एजेण्डाहरु स्थापित भएको बताउनुभयो । पार्टीको महाधिवेशन पनि पार्टी फुट्छ की भन्ने केहीको टिप्पणी रहेकोमा आफूहरु पार्टीभित्रको सांगठनिक ढाँचालाई बैचारिक यात्रासँग जोडने कार्यलाई तिब्रता दिने र यसको लागि कार्यक्रमहरु निर्माण गरेर अगाडि बढ्ने भएकाले पार्टी थप मजबुत भएर जाने बताउनुभयो ।
सोही कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले काग्रेंसी कर्मचारी भएकोमा गौरव गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । सत्ता हुदाँ अघिपछि गर्ने र सत्ता बाहिर हुदाँ कर्मचारीहरुले पार्टी भन्दा टाढा जान खोज्ने, कुराकानी गर्न पनि लजाउने गरेकाले त्यसमा धाक फुकाएर काग्रेंस निटक युनियनका कर्मचारी भएकोमा गौरव गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । वहाँले पार्टी होस कि सरकार आफुले कोही कसैलाई पनि पेलेर जाने वा निर्णय नगर्ने समेत बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान सरकारको तर्फबाट ल्याइने कानुनहरूलाई बढीभन्दा बढी जनताको हित गर्ने गरी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले पार्टीलाई आफूले सुनसरीमा जसरी एकढिक्का बनाएर देशभरमा उतकृष्ट नेतृत्व गरेको थिए, सोही अनुसार केन्द्रमा पनि पार्टीलाई मजबुत बनाउन पहल गर्ने बताउनुभयो । वहाँले आफु जिल्ला सभापतीको रुपमा दुई कार्यकाल काम गरेकोले कर्मचारीसंग निकै नजिक भएर काम गरेको र सहयोग पनि गरेकाले अव पनि साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रमको उद्घाटन सत्र युनियनका जिल्ला अध्यक्ष निखिल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन युनियनका उपाध्यक्ष हिरा साहले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काग्रेंसका विभिन्न तहमा निर्वाचितहरुलाई सम्मान समेत गरेको थियो ।