नापतौल डोरटोलीले नापतौलमा प्रयोग हुने ढक, तराजु र डिजिटल कटाको अनुगमन गरे – Nagarikabhiyan : National News

नापतौल डोरटोलीले नापतौलमा प्रयोग हुने ढक, तराजु र डिजिटल कटाको अनुगमन गरे

सुनसरीको इनरुवा नगरपालिका र कोशी गाउँपालिकामा नापतौलमा प्रयोग हुने ढक, तराजु र डिजिटल कटाको अनुगमन गरेको छ । उद्योग वाणिज्य संघ इनरुवाको अगुवाईमा नापतौल डोरटोलीले नापतौलमा प्रयोग हुने ढक, तराजु र डिजिटल कटाको अनुगमन गरेको हो । उवासंघ इनरुवाको आयोजनमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरको समन्वयमा पुस १४ र १५ गते बुधवार र बिहीवार गरि दुई दिन इनरुवाका बजारपसलमा डोरटोली खटी अनुगमन गरेको जनाएको छ । व्यवसायिक फर्ममा प्रयोग हुने ढक,तराजु इलेक्ट्रोनिक ब्यालेन्स, मीटर रड लगायत नापतौलका उपकरणहरु चेकजाँच गरी त्यसको प्रमाणपत्र नवीकरण गर्ने काम समेत भएको छ । त्यसैगरी शुक्रबार उद्योग वाणिज्य संघ लौकहीको कार्यालयले समेत लौकही बजार पसल अनुगमन गरी नविकरण गरेको छ । अधिकांश पसलमा नविकरण नभएको र ढक, तराजु र डिजिटल कटाको अनुगमनमा देखिएको त्रृटिलाई सच्याउन आग्रह गर्दै सचेत गराएको छ । इनरुवा र लौकही उधोग वाणिज्य संघको समन्वयमा नापतौल विभाग र जिम्मेबार निकायले बजार पसल अनुगमन गरेको हो । किराना, खाद्य तथा अन्य पसलमा अनुगमन गरेको इनरुवा उद्योग वार्णिज्य संघका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिनुभयो । इनरुवामा १५० बढी र लौकहीमा ५० बढीको अनुगमन र नविकरणमा पहल भएको जनाएको छ । उता केही पसलमा ढक तराजु नमिलेको र नापतौल विभागमा नवीकरण नगरेको पाइएको, मूल्यसूची नराखेको हकमा नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।