शहिदनगर मेयर पत्रकार काण्ड : वास्तविकता के ? – Nagarikabhiyan : National News

शहिदनगर मेयर पत्रकार काण्ड : वास्तविकता के ?

धनुषा : गत राती करिब ८ बजको समयमा धनुषाको शहिदनगर नगपालिकाका  मेयरले पत्रकार कुट्न लगाएको खबरले विभिन्न सञ्चारमाध्यममा ठाउँ पाए ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले समाचार संकलन गरी घर फर्किने क्रममा पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण गर्न लगाएको खबर बाहिरीन थाले ।

शहिद नगरले बनाएको क्वारेन्टाइनको रिपोर्टिङ गर्न पुगेका पत्रकारद्धय रोहिता र मोरबैतामाथि आक्रमण गर्न लगाईएको बाहिरीयो ।

तर यता सो विषयमा बुझदै जादाँ वास्तविकता फरक रहेको पाइयो । गोप्यरुपमा सो घटनाबारे छानबिन गर्दा घटना संग मेयर बरबरियाको  कुनै सरकोर नरहेको र घटना भएको समयमा मेयर बरबरिया आफ्नो निवासमा रहेको प्रमाणित भयो ।
यता मेयर बरबरियाले कुट्न पठाएको भनिएको ४ ५ जना संग बरबरियाको कुनै सम्बंध नरहेको पुष्टि भयो ।

श्रोतका दाबी अनुसार पिटिएको भनिएको पत्रकारद्धय आफनै व्यक्तीगत कार्यबाट पाएको दुशमन बाट कुटिएको हो । श्रोतका अुनसार पिटिएका पत्रकारद्धय सिके राउतको नजिकको मान्छे रहेको देखिएको जानकारी दिए । उनीहरुमाथी आक्रमण गर्ने फरक पार्टीको हुनसक्ने इलाका प्रहरी कार्यालय यदुकोहा श्रोतले बताएको छ । इलाका प्रहरी कार्यालय यदुकोहा श्रोतका अनुसार पिटिएको भनिएको पत्रकारद्धय माथी अरुले नभई आफै आक्रमण गर्न लगाईएको हुनसक्ने जानकारी दिए ।
यद्यपी यस विषयमा इलाका प्रहरी कार्यालय यदुकोहाले छानबिन गरिरहेको प्रहरी निरिक्षक दिपक बाबु केसीले जानकारी दिए ।

गत राती शहिदनगर नगरपालिकाको कोयलपुरमा पत्रकारद्धय रोहिता र मोरबैतामाथि आक्रमण भएको थियो । कुटिएको दुबै जनाको उपचार भइरहेको छ ।