कपिलबस्तुमा कार दुर्घटना, शाइन-रेसुङ्गा बैंकका म्यानेजर पाण्डेको मृत्यु – Nagarikabhiyan : National News

कपिलबस्तुमा कार दुर्घटना, शाइन-रेसुङ्गा बैंकका म्यानेजर पाण्डेको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बाणगंगा नगरपालिका १ पिपरा बस्ने अनुराग पाण्डे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताए । सोही नगरपालिका वडा नः ४ दरखास्तमा पाण्डे सहित ३ जना सवार रहेका थिए ।

बा ६ च ११६४  नम्बरको कारलाई ट्रकले ठक्कर दिएपछि बससँग जुधेको बताइएको छ । मंगलबार राति भएको दुर्घटनामा सुदिप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । मृत्यु हुने पाण्डे शाइन रेसुङ्गा बैङ्क जितपुर शाखाका म्यानेजर समेत हुन् । सामाजिक कार्यमा सक्रिय पाण्डे कपिलवस्तु जिल्लामा चर्चित रहेका थिए । उनी कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष समेतहुन् ।