८६ वर्षीया वृद्धाले पाइन् नागरिकता
१३ पुष २०७८, मंगलवार १०:३४
मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरे ।
लामाे समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् । उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।-खड्क सुनार/ न्युज कारखाना

फेसबुकबाट तपाईको प्रतिक्रिया