लायन्स डिष्ट्रिक ३२५ बि २ को क्याविनेट, ब्रेस्ट क्यान्सर अस्पतालका लागि बुटवल सिफारिस – Nagarikabhiyan : National News

लायन्स डिष्ट्रिक ३२५ बि २ को क्याविनेट, ब्रेस्ट क्यान्सर अस्पतालका लागि बुटवल सिफारिस

विरगंज । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपालको दोस्रो क्याविनेट मिटिङ बिरगंजमा भएको छ । डिष्ट्रिक ३२५ वि २ नेपालका ५२६ क्लवका १६ सय सहभागी भएको कार्यक्रममा लायन्सका गर्भनर तथा पुर्व गर्भनरहरुले लाइनिजमका विषयमा सहभागीलाई प्रशिक्षण तथा बंैठकबाट विभिन्न निर्णय अनुमोदन गरेको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपाल गर्भनर रामप्रसाद भट्टले जानकारी दिए ।

मिटिङबाट विभिन्न निर्णयहरु भएको गर्भनर भट्टले बताए । मिटिङले तेस्रो क्याविनेट मिटिङ बुटवलमा गर्ने, डिष्ट्रिकबाट आएका आर्थिक कार्यक्रमका योजनाहरु नेपाल लायन्स फाउन्डेसनमा सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी चितनवको सुकुम्वासी बस्तीमा चाइल्ड केयर सेन्टर स्थापना, बिरगंजको राष्ट्रिय आधारभूत विद्यालयमा क्यान्टिन निर्माण र बुटवलमा ब्रेस्ट क्यान्सर अस्पताल स्थापनाका लागि लायन्स क्लब इन्टरनेशनलमा सिफारिस गर्ने निर्णय गरेको डिष्ट्रिक ३२५ वि २ नेपालले जनाएको छ ।