हिमगिरिले ल्यायाे काेभिड १९ जस्ता किटाणुलाई निर्मलिकरण गर्न सक्ने नेटबियोकेम डीएसएएम – Nagarikabhiyan : National News

हिमगिरिले ल्यायाे काेभिड १९ जस्ता किटाणुलाई निर्मलिकरण गर्न सक्ने नेटबियोकेम डीएसएएम

बिराटनगर । काेभिड १९ जस्ता किटाणुलाई २ मिनटमै निर्मलिकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डीएसएएम (Netbiokem DSAM ) नेपाली बजारमा उपलब्ध छ रहेकाे छ । नेपालमा पहिलो पटक हिमगिरि हाइजिन प्रा. लि. ले यसकाे बिक्रि बितरण शुरू गरेकाे हाे ।

गैर ज्वलनशील तथा जोखिम मुक्त उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेतको प्रयोग गर्न सकिने छ । यसलाइ स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने कम्पनीले बताएकाे छ ।

कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने बताइएकाे छ । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन गरेकोले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि नेटबियोकेम डीएसएएमकाे उपयुक्त हुने कम्पनिले जनाएकाे छ ।

यसको प्रभावकारितालाई ध्यानमा राखि नेपाल र नेपालीको लागि  स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा.लि. ले नेटबियोकेम डीएसएएम नेपाल भित्राएको हाे । याे एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ 9001:2015, पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतबाट प्रमाण्ति समेत भएकाे छ ।