बाढीपीडितलाई लायन्स क्लबको राहत – Nagarikabhiyan : National News

बाढीपीडितलाई लायन्स क्लबको राहत

विराटनगर । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ए वानका डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले बाढीपीडितलाई खाद्यन्नसहितका राहत सामग्री हस्तान्तरण गरेका छन् । लायन्स क्लव इन्टरनेशनल फाउण्डेसनको सहयोगमा कार्कीले खाद्यान्नसहित भाँडा, थाल, बटुका, बाल्टिनलगायतका सामग्री बाढीपीडितलाई हस्तान्तरण गरेका हुन् । गभर्नर कार्कीको नेतृत्वमा गएको टोलीले फाउण्डेसनको सहयोग प्राप्त राहत सामग्री बाढीपीडित एक सय ५० जनालाई आज उपल्ब्ध गराएको थियो । विराटनगर–८ स्थित महेन्द्र माध्यामिक विद्यालयमा भएको कार्यक्रममा राहत सामग्री हस्तानतरण गरिएको डिस्ट्रिक गभर्नर कार्कीले बताए । कात्तिक पहिलो साता परेको अविरल वर्षापछि आएको बाढीमा सयौं विस्थापित भएका थिए । बाढीपीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनेर राहत वितरण गरिएको उनले बताए । क्लबले भोलि बिहीबार सुनसरी, झापा लगायतका जिल्लाहरुमा राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको गभर्नर कार्कीले जानकारी दिनुभयो ।