गोंगबु हत्या प्रकरणः फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको महिलाको बयान
२७ श्रावण २०७७, मंगलवार १५:५७
काठमाडौं । गोंगबुमा शनिबार साँझ भएको हत्याकी अभियुक्त कल्पना मुठभरी पौडेलले हत्या गर्नुको कारण खुलाएकी छन् ।
केही दिनअघि सुटकेशमा शव फेला परेका पुरूषको हत्यामा पक्राउ परेकी कल्पना मुडभरीले अभियोग स्वीकार गर्दै नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी आफुलाई ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान दिएकी छन् ।
दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरासँग ती महिलाको अन्तरंग सम्बन्ध रहेको र पछि बोहराले नक्कली फेसबुक आईडी बनाएर महिलाको नांगो फोटो सार्वजनिक गरेको उनले बताइन् ।
प्रहरीका अनुसार मुडभरीले बोहराको अण्डकोषमा हिर्काएर हत्या गरेको र सुटकेशभित्र राख्न शवलाइ टुक्रा टुक्रा पारेको बताएकी हुन् । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् ।
जिउ सुटकेसमा र खुुट्टा तथा टाउको जेब्रा झोलामा राखेर अलग९अलग स्थानमा फाल्न उनले १५ वर्षीया छोरीको सहयोग लिएको बताएकी छन्। घटनापछि उनी एम्बुलेन्समा भागेर चितवन पुगेकी थिइन् ।
यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । हत्यामा संलग्न मुडभरी र उनकी छोरीलाइ प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । मुडभरीलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया