रौतहटमा थप ११ जनामा कोरोना पुष्टि – Nagarikabhiyan : National News

रौतहटमा थप ११ जनामा कोरोना पुष्टि

रौतहट । रौतहटको गरुडा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको कोरोना रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गरुडा नपाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए । उनका अनुसार यही साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि हेटौडा पठाइएको थियो । तीमध्ये एक महिलासहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तीन दिनकै अन्तरालमा रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरियामा नौ जनामा संक्रमण पुष्टि भएको थियो ।