दक्षिणपन्थी भासबाट मुलुकलाई निकास दिन निर्वाचनसम्मै गठबन्धन जरुर : माधव नेपाल – Nagarikabhiyan : National News

दक्षिणपन्थी भासबाट मुलुकलाई निकास दिन निर्वाचनसम्मै गठबन्धन जरुर : माधव नेपाल

सुनसरी । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धन आउँदो निर्वाचनसम्मनै जाने दाबी गरेका छन् ।

उनले मुलकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्नको गठबन्धन आवश्यक रहेको पनि बताएका छन् ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले भने, ‘पाँच दलिय गठबन्धन निर्वाचनसम्मै जान्छ । मुलुकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्न कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुको गठबन्धन आवश्यक छ।’

अध्यक्ष नेपालले वर्तमान नेपाली राजनीतिमा नेकपा (एकीकृत समाजवादी)ले समाजवादको लक्ष्य तय गर्दै मुलुकलाई सम्वृद्धितर्फ लाने दाबीसमेत गरे ।

इटहरीमा उनले मंगलबार बिहानै पार्टीको प्रदेश १ स्तरीय कार्यालय उद्घाटनसमेत गरेका छन् ।