घुस्की मस्जितबाट ६ विदेशी फेला, सातवटा मस्जिदबाट ६१ जना विदेशी जमातीलाई इटहरी लगियो
५ बैशाख २०७७, शुक्रबार १०:५९
इनरुवा । सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सवै मस्जिद खाली गराउने निर्णयपछि प्रहरीले गरेको खोजीका क्रममा घुस्की मस्जिदमा आश्रय लिएर बसेका ६ जना विदेशी फेला परेका हुन ।
घुस्की पुर्व तर्फ रहेको नेपाल भारत सिमा नजिकको शिकारी टोल कवरत मस्जिदमा आश्रय लिन आएका मुस्लीम र्धमगुरु रहेको जमातीहरुलाई नियन्त्रणमा लिएर कोरोना सक्रमण भए नभएको आवश्यक परीक्षणका लागी रामनगर भुहाटा लगिएको प्रहरीले जनाएको छ ।
उनीहरु भारतको मुम्वई, पटना, इलाहावाद लगायतबाट आएका हुन यसै गरि उनीहरू सगै दुइ जना घुस्कीका स्थानीय रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य परिक्षण पश्चात सवैजनालाई भुटाहा जेनरल अस्पतालमा रहेको क्वारेन्टाईनमा राखीएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रशासनले मस्जिद खाली गराएपछि विभिन्न मस्जिदमा रहेका ३६ जना भारतीय र ७ जना पाकिस्तानी नागरिक सहित ५५ जना विदेशी जमातीहरुलाई इटहरीको जनता क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
एता हरिनगर गाउँपालिकाको निगरानीमा रहेको भुटाहा जेनरल अस्पतालको क्वारेन्टाईनमा ४६ जनालाई राखीएको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया