काभ्रेमा पाँच प्रहरीसहित एक कर्मचारीमा कोरोना पुष्टि
२४ श्रावण २०७७, शनिबार १५:१५
काभ्रे । जिल्लामा प्रहरी र अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय प्रहरी इकाइ काभ्रेका पाँच जना प्रहरी र मेमोरियल अस्पतालको आइसोलेसन वार्डमा कार्यरत एक अस्पताल कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
यसअघि काभ्रेका दुई प्रहरीमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६ जनामा कोरोना पुष्टि भएसँगै काभ्रेमा संक्रमितको संख्या ४० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया