भोजपुरमा गाउँ केन्द्रित अनुगमन सुरु – Nagarikabhiyan : National News

भोजपुरमा गाउँ केन्द्रित अनुगमन सुरु

भोजपुर । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले गाउँ केन्द्रित बजार अनुगमन सुरु गरेको छ । बजारका सामग्रीहरु गाउँमा गएर बिक्री हुने गरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जिल्लाको उत्तरी षडानन्द नगरपालिकाको केन्द्र दिङला बजारका पसलहरुको छडके अनुगमन गरेको हो । कार्यालयको नेतृत्वको टोलीले दिङला बजारमा रहेका किराना पसलका साथै कस्मेटिक, मासु लगायतका पसलहरुको समेत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ३० हजार बरावरको म्याद गुज्रिएका सामाग्रीहरु समेत फेला पारी नष्ट गरिएको छ । पसलमा मूल्यसूची नराखेको, पसलको नाम देखिने बोर्ड नराखेको, पसल दर्ता नगरी चलाईएको अनुगमनकाक्रममा देखिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका लेखा प्रमुख नरेश राईले बताए । अनुगमनका क्रममा यस्ता पसलहरुलाई आगामी दिनमा सुधार गर्न सचेतसमेत गराइएको छ ।