कांग्रेस प्रदेश-१ को मतगणना दिउँसो १ बजेपछि मात्रै – Nagarikabhiyan : National News

कांग्रेस प्रदेश-१ को मतगणना दिउँसो १ बजेपछि मात्रै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को निर्वाचनको  मतगणना आज दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।शनिबार बिहान ८ बजे गर्ने भनिएको मतदान अपराह्न २:१५ देखि सुरु भई राति ८ बजे मात्रै सकिएको थियो ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो। प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए।

कांग्रेस प्रदेश-१ मा संस्थापन पक्षबाट उद्धब थापा र इतर पक्षबाट गुरूराज घिमिरेले उम्मेदवारी दिएका छन् ।