दुरसंचार प्राधिकरणमा ८ जनालाई रोजगारीको अवसर, कहिले सम्म दिन सकिन्छ आवेदन ? – Nagarikabhiyan : National News

दुरसंचार प्राधिकरणमा ८ जनालाई रोजगारीको अवसर, कहिले सम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले उपनिर्देशक पददेखि सहायक पदसम्ममा गरि कुल ८ जना कर्मचारी माग गरेको हो । प्राधिकरणले १ जना उपनिर्देशक, ६ जना सहायक निर्देशक र १ जना सहायक माग गरेको हो ।

प्राधिकरणले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशित भएको २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ ।

image.png