वचत फिर्ता माग्दै सिभिल सहकारी पीडितको माइतीघरमा प्रदर्शन – Nagarikabhiyan : National News

वचत फिर्ता माग्दै सिभिल सहकारी पीडितको माइतीघरमा प्रदर्शन

काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताले प्रदर्शन गरेका हुन् । सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।सिभिल वचत तथा ऋण सहकारीमा वचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको उजुरी परेपछि सहकारीका सञ्चालक इच्छाराज तामाङ पक्राउ परेका छन् । उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।