भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने – Nagarikabhiyan : National News

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

 विराटनगर । विश्वव्यापी रुपान्तरणका सवालमा हिमालयन जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको आयोजना हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले आयोजना गर्ने यो सम्मेलन भर्चुअल माध्यमबाट मंसिर १३ देखि सुरु हुने छ ।

उक्त सम्मेलनमा नेपाल लगायत स्वीजरल्याण्ड, जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, क्यानाडा लगायतका देशका जीव वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।