हरिमोहनले गरे ९१ औं पटक रक्तदान
१२ मंसिर २०७८, आईतवार १६:३६
विराटनगर । विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१ औं पटक रक्तदान गरेका छन् ।
नोबेल शिक्षण अस्पतालमा उपचारत झापा बैगुनधुराकी ७९ वर्षीय रत्नमाया लिम्बूका लागि श्रेष्ठले ९१ औं पटक रक्तदान गरेका हुन् । बीएण्डसी अस्पताल विर्तामोडमा उपचार गर्दा निको नभएपछि रेफर गरी नोबेल अस्पताल विराटनगर ल्याइएकी लिम्बूलाई डाक्टरले भनेअनुसार एक पिन्ट ताजा रगतका लागि श्रेष्ठले रक्तदान गरे ।
लिम्बूलाई चाहिने रगत ए पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामीका नाती महेश राईले बताए । श्रेष्ठले दिएको एक पिन्ट रगत चढाएपछि लिम्बूलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया