७३ जना डिजाइनरको पहिरनमा ३६ जना मोडल र्याम्पमा उत्रिने
१२ मंसिर २०७८, आईतवार १३:२८
काठमाडौं । काठमाडौंमा ‘आईसी डिजाइनर रन वे १०’ आयोजना हुने भएको छ । आगामी पुस ९ गते काठमाडौंको हायात रिजेन्सी होटलमा उक्त फेसन शो हुने आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गर्ने फेसन शोका लागि ३६ मोडल छानिएका छन् । हालै गरिएको अडिसनमार्फत २८ महिला र ८ जना पुरुष मोडल छानिएका हुन् । उनीहरुले ७३ जना डिजाइनरले तयार पारेका विभिन्न पहिरनमा र्याम्पमा उत्रिनेछन् । ७३ जना फेसन डिजाइनर आईसी कलेजका १८ औं ब्याचका पास आउट विद्यार्थी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया