जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु – Nagarikabhiyan : National News

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।

बस राति २ बजे दुर्घटनामा परेको उहाँको भनाइ छ । उहाँका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।