एमालेका लागि होइन, देश बनाउन बहुमत दिनुस् : ओली
१० मंसिर २०७८, शुक्रबार १५:३९
चितवन
एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।
‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ’
ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । उनले जनादेशबाट आएको सरकारलाई परमादेशबाट विस्थापन गरिएको भन्दै अब चुनावमा जानुपर्ने बताए ।
उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।
‘हामीलाई नयाँ जनमतमा जान रोकियो तर अब चुनाव त हुन्छ नै। चुनाव नजिकै आउँदैछ। अब हामी बहुमतका लागि काम गर्छौँ’, उनले भने, ‘देश बनाउनका लागि अब नयाँ जनमतबाट बहुमत ल्याउँछ एमालेले। देशमा विकासको लहर ल्याउन पनि एमालेले बहुमत ल्याउँछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया