प्रधानमन्त्रीलाई भेटेर फर्कियो बारको टोली, के-के भयो छलफल ? – Nagarikabhiyan : National News

प्रधानमन्त्रीलाई भेटेर फर्कियो बारको टोली, के-के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका अधिकारीबीच शुक्रबार भेटवार्ता भएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको बहिर्गमन विषयक ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले न्याय सम्पादन गर्न नसकेको बारेमा जानकारी गरायौं। २० हजार कानुन व्यवसायी प्रधानन्यायाधीशले डाकेको बेन्चमा नजानेबारे पनि जानकारी गरायौं। प्रधानमन्त्री ज्यूले मलाई यस विषयमा जानकारी छ । यो विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ भन्नुभयो।’

उनले भेटका क्रममा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनको बैठकमा छलफल गर्ने बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीले सो विषयमा आफूले गम्भीरतापूर्वक लिएको समेत बताएका छन्।

प्रधानमन्त्रीसँगको छ्लफलमा पूर्वसभामुख दमननाथ ढुंगाना, बारका पूर्वअध्यक्ष शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान श्रेष्ठलगायत १७ जनाको सहभागीता रहेको थियो ।