एनएमसी निर्वाचन : आज र भोलि काठमाडौंमा मतदान हुँदै, उपत्यका बाहिर ५ हजार मत खस्यो
१० मंसिर २०७८, शुक्रबार १२:४२
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको आज र भोलि काठमाडौंमा मतदान हुँदैछ । काठमाडौं बाहिरको मतदान सकिएपछि उपत्यकामा दुईदिन मतदान हुन लागेको हो ।
निर्वाचन समितिका अनुसार आज धुलिखेलको स्किल ल्याब भवनमा मतदान हुनेछ भने काठमाडौं उपत्यकाभित्र आज र भोलि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा हुनेछ । काठमाडौं उपत्यकाबाहिर १८ स्थानमा ३ र ४ गते भएको मतदानमा पाँच हजार मत खसेको समितिले जनाएको छ ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन् । जसमध्ये एक उपाध्यक्षका लागि तीनजना र आठ सदस्यका लागि ३२ जनाको उमेदवारी परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया