आयातित सामग्रीले घरलु उत्पादन बिक्रीमा समस्या
१० मंसिर २०७८, शुक्रबार १०:५५
धनकुटा । विदेशबाट आयातित सामग्रीले स्थानीय उद्योगलाई धरासायी बनाउँदै विस्थापित गर्न थालको उद्योगीहरुले बताएका छन् ।
स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातांै उद्योग दिवसको अवसरमा धनकुटा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । विदेशबाट आयातित सामग्रीले स्थानीय उद्योगलाई धराशायी बनाउँदै विस्थापित गर्न थालकाले उद्योगीहरुले उद्योग सञ्चालनका लागि चाहिने कच्चापदार्थमा लाग्ने भान्सार र निकासी करमा छुट दिनसमेत माग गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले नीतिगत रुपमै स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनुपर्ने बताएका छन् । घरेलु उद्योगहरुले स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना गरेका कारण स्थानीय स्रोत साधान प्रयोग गरेर स्थापना गरिएका उद्योगलाई राज्यले विशेष प्राथमीकतामा राखेर नीति बनाउनुपर्ने घरेलु तथा साना उद्याग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया