धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार
१० मंसिर २०७८, शुक्रबार १०:५३
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।
अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । पौडेलले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेगरी अनिल पौडेललाई आवेदन दिन लगाएपछि छनौट समिति विवादित बनेको थियो । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।
यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही आवेदकले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर छनौट समितिमाथि कानूनी प्रश्न उठ्न सक्ने भन्दै सचेत गराएका थिए ।
यसपटक भने मन्त्रिपरिषद्को बैठकले नै छनौट समिति गठन गर्ने बताइएको छ । समिति बनेपछि बोर्डको अध्यक्ष पदका लागि दोस्रोपटक आवेदन खुल्ने छ र इच्छुकले फेरि आवेदन दिनुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया