शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु
६ मंसिर २०७८, सोमबार १९:०३
बुटवल । शौचालय जाने क्रममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको छ ।
अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए । बस्यालको सबलाई अहिले गोलपार्क स्थित उनकै निवासमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया