सिर्जनामा इनरुवाको ११ औ श्रृखला सम्पन्न  – Nagarikabhiyan : National News

सिर्जनामा इनरुवाको ११ औ श्रृखला सम्पन्न 

इनरुवा, मंसिर ४ गते । सुनसरीको सदरमुकाम इनरुवा र आसपास क्षेत्रका साहित्यकारहरुको अगुवाईमा सुरु भएको सिर्जनामा इनरुवाको ११ औं श्रृखला सनिबार सम्पन्न भएको छ । सिर्जनामा इनरुवाको साहित्यिक कार्यक्रमको ११ औं श्रृखलामा साहित्यकार, रचनाकार र पत्रकारहरुले रचना, विचार र कला प्रस्तुत गरिएको छ । रचना बाचन गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाको ११ औं श्रृखलामा सनिबार डेढ दर्जन बढी साहित्यकारहरुले रचना बाचन गर्नुभएको थियो ।
गित, गजल, कविता र लघु नाटक सहित ११ औं श्रृखला सम्पन्न गरेको कार्यक्रम संचालक बिमला पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा नगर क्षेत्र सहित आसपासका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो । सम्पन्न भएको कार्यक्रममा साहित्यकार विमला पोखरेल, किसोर कोईराला, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, कान्ता पोखरेल भट्टराई, अर्जुन ओखलढुगें , पत्रकार जयकृष्ण यादव, रगंलाल भट्टराई, वरिष्ठ साहित्यकार प्राज्ञ जिवनाथ पोखरेल,लिलानाथ सिलवाल, सागर तिम्लिसिना, बिदुरमणी बजाल, नयन बस्ती, युवराज पोखरेल, पुरुषोत्म घिमिरे लगायतकाले रचना बाचन गर्नुभएको थियो । कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता तथा प्राज्ञ जिवनाथ पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।