नौमती बाजाको संरक्षणमा स्थानीय पालिका सक्रिय – Nagarikabhiyan : National News

नौमती बाजाको संरक्षणमा स्थानीय पालिका सक्रिय

विराटनगर ।  लोप हुन लागेको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मोरङको बेलबारी नगरपालिकाले नौमती बाजा वितरण गरेको छ ।
बेलबारी नगरपालिका वडा नं. १ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष चक्र खुलालले दलित वर्ग उत्थान संघ बेलबारी–१ लाई नौमती बाजा हस्तान्तरण गरेका हुन् । लोप हुन लागेका नौमती बाजाको संरक्षणमा आफूहरू लागिरहेको बेलबारी नगरपालिका वडा नम्बर १ का अध्यक्ष चक्र खुलाल बताउँछन् ।

बाजा हस्तान्तरण गर्दै वडा अध्यक्ष खुलालले आफूहरू संस्कृतिको संरक्षणमा लागिरहेको बताउँदै दलित वर्ग उत्थान संघलाई प्राप्त बाजाको माध्यमबाट लोप हुन लागेको नौमती बाजा बजाउने संस्कृतिको संरक्षण गर्न आग्रहसमेत गरे । नगरपालिकाको कार्यको प्रशंसा गर्दै दलित वर्ग उत्थान संघ बेलबारी–१ का अध्यक्ष खड्का सुन्दासले वडा कार्यालयलाई धन्यवाद प्रदान गर्दै आफूहरू यो संस्कृतिलाई लोप हुन नदिने प्रतिबद्धतासमेत जनाए ।