कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगरबाट पक्राउ – Nagarikabhiyan : National News

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगरबाट पक्राउ

विराटनगर ।  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ रानीबस्तीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।