लागु औषध दुव्र्यसन न्युनिकरण गर्न चालेको अभियानमा सफलता,पक्राऊ परेका सुधार गृहमा – Nagarikabhiyan : National News

लागु औषध दुव्र्यसन न्युनिकरण गर्न चालेको अभियानमा सफलता,पक्राऊ परेका सुधार गृहमा

लौकही । इलाका प्रहरी कार्यालय लौकहीलाई लागु औषध दुव्र्यसन न्युनिकरण गर्न चालेको अभियानमा सफलता मिलेको छ । कोशी गाउँपालिका १ लौकही क्षेत्रमा प्रहरीले सचेतना अभियान र लागु औषध न्युनिकरणका लागि थालेको सर्च अभियानले पनि सफलता पाएको स्थानीयहरुले बताएका छन् । स्थानीय तथा बाहिरबाट आएका दुरर्वेशनमा रहेकाहरुलाई निगरानी गर्न थालेको छ । सोही क्रममा एक युवालाई शुक्रबार मात्रै पक्राउ गरेर रक्षा फाउण्डेसन रामधुनीको सुधार गहृमा सुधारका लागि पठाएको छ । उनीहरुलाई सुधारका लागि सुधार गृहमा पठाउने काम गरेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष लागु औषध दुव्र्यसनीलाई नियन्त्रणमा लिन प्रहरीको प्रयास सार्थक भएको छ । इलाका प्रहरी कार्यालय लौकहीका इन्र्चाज प्रहरी नायव निरीक्षक तिर्थकुमार भट्टराईले समुदाय स्तरमा सचेतना र सीमामा कडाई गर्ने अभियानमा लाग्नुभएकोले लागु औषध प्रयोगकर्ता निरुत्साहित बनेका छन् । भट्टराईले ओसारपसर गर्नेलाई नियन्त्रणमा लिई कार्वाही गर्ने र सेवन गर्ने वा प्रयोकर्तालाई सुधार गृहमा पठाउने काम थाल्नुभएको छ । वहाँले इलाकामा आएदेखी नै नागरिकको शान्ती सुरक्षा सहित चरणबद्ध रुपमा अभियान चलाएकोले नियन्त्रण लिएका मध्ये केहीलाई अभिभावकको जिम्मा लगाएको छ । उनीहरुको क्रियाकलाप निग्रानीमा राख्ने गरि अभिभावकको जिम्मा लगाईएको प्रहरी नायव नीरिक्षक भट्टराईले बताउनुभयो । पक्राऊ परेका केहीलाई उनीहरुको अभिभावकको सल्लाह बमोजिम सुधार गृहमा पठाईएको छ । लागुपदार्थको नसा बसिसकेका उनीहरुलाई उपचारको आवश्यक परेकोले सुधार गृहमा पठाईएको उहाँले बताउनुभयो । यस अघि पक्राउ परेका केहीको विरुद्ध भने मुद्धा चलाईएको छ । पक्राऊ परेका मध्ये किशोरावस्थाको रहेको प्रहरी बताइएको छ । असल अभिभावकत्वको अभावका कारण अधिकांश किशोर लागु औषध दुव्र्यसनमा फसेको बताउनुभयो । दुव्र्यसनमा फस्ने प्रायको बावु वैदेशिक रोजगारमा रहेको उहाँको भनाई छ । ‘प्रायको बावु वैदेशिक रोजगारमा छन्, आमाहरुलाई सजिल्यै फकाउँछन र पैसा माग्छन् त्यही पैसा लागु औषध किन्न प्रयोग गर्छन’–वहाँको भनाई थियो । लागु औषध प्रयोगकताले गाँजाको प्रयोग गरेको र केहीले इन्जेक्सन, ट्याब्लेट मार्फत लागु औषधको प्रायोग गर्ने गरेको प्रहरीको भनाई छ । प्रहरीले लागु औषध प्रयोगकर्ताहरुको नामावली संकलन गरेको र केहीको संकलन गर्ने काम जारी राखेको छ ।
लागु औषध प्रयोगकर्ताहरुको घरमा पुगि अभिभावकको साथ परामर्श गर्ने गरेको छ । प्रयोगकर्ता र उनीहरुको अभिभावकको सहयोगलेनै अन्य दुव्र्यसनी पक्राऊ गर्न सफल भएको प्रहरीको भनाई छ ।