बावुनन्दन मेहताकाे सहयाेगमा देवानगंजमा लोक सेवा पुस्तकालय स्थापना – Nagarikabhiyan : National News

बावुनन्दन मेहताकाे सहयाेगमा देवानगंजमा लोक सेवा पुस्तकालय स्थापना

देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेकाे श्री कृष्ण माध्यमिक विद्यालयमा लोक सेवा पुस्तकालय स्थापना हुने भएको छ ।
देवानगंज गाउँपालिकाका वडा नम्बर ३ का स्थानिय वासी तथा रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले उक्त पुस्तकालय स्थापना गर्न लागेका हुन ।

उक्त पुष्तकालय यहि मंसिर  १ गतेदेखि संचालनमा आउने भएको छ । पुस्तकालयको संरक्षकको रूपमा श्री कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री उमेशप्रसाद मेहता रहनु भएको छ भने गाउँपालिका क्षेत्रभित्रका माध्यमिक विद्यालयवाट एक एक जना सदस्य रहने गरी पुष्तकालय संचालन समितिको प्रस्ताव गरिएको संस्थापक बावुनन्दन मेहताले जानकारी दिनु भयो ।

नाशा इन्भेष्टमेण्ट प्राली विराटनगरले तिहार छठ पर्वको अवसरमा आयोजना गरेको युवाहरुलाई व्यावसायिक वनाई समृद्धि ल्याउने मोटिभेसनल कार्यक्रम मार्फत उक्त पुस्तकालय संचालन हुने घोषणा गरिएको थियो । कार्यक्रममा देवानगंज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता, जसपाका यूवा नेता बेचन मेहता, डा. रामशरणा मेहता लगायत शिक्षक, स्वास्थय कर्मिकाे उपस्थिति रहेकाे थियाे ।

यसै कार्यक्रमा लाेक सेवा आयाेग पुस्तकालयका संस्थापक बाबुन्दन मेहताका बुवा विजाय मेहतालाई देवानगंज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले सम्मान गर्नु भयाे ।