प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन गठबन्धनमा छलफल भएको छैन : अध्यक्ष नेपाल
११ कार्तिक २०७८, बिहीबार १२:२४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र छलफल नभएको बताएका छन् ।
धनगढीमा आज (बिहीबार) पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था आएको पनि दाबी गरेका छन् ।
प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेकोबारे विवाद भइरहेको छ भने उनको राजीनामा माग भइरहेका छन् । एमाले अध्यक्ष ओलीले परमादेश दिने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने भनेर गैर जिम्मेवार कुरा गरेको पनि अध्यक्ष नेपालको भनाइ थियो ।
एमाले अध्यक्ष ओलीले कात्तिक ९ मा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका थिए । त्यसतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया