दुहवी ग्रीडमा पाँच फीटसम्म पानी सुनसरीमा तीन देखी विधुत अवरुद्ध
३ कार्तिक २०७८, बुधबार १६:११
सुनसरीमा तीनदिनदेखीको अविरल वर्षाका कारणले नेपाल विधुत प्राधिकरण दुहवी ग्रीडमा पाँच फीटसम्म पानी जमेकाले मंगलबार विहानैदेखी विधुत अवरुद्ध भएको छ । आन्सिक अवरोध हुदै आएको विधुत सुनसरीमा तीन देखी विधुत पूर्ण अवरुद्ध भएको छ । दुहवी ग्रिड भएर प्रवाह भएको विधुत विहीबारसम्ममा मात्र सुचारु हुने प्राविधिकरण दहवीको भनाई छ ।
प्राधिकरणका वितरण शाखा प्रमुख रामउदगार साहका अनुसार पानी जमेकाले विधुत आउने सम्भावना तत्काल कम रहेको र विहीबारसम्ममा आउने छ । सुनसरीको दुहबीमा रहेको नेपाल विद्युत प्रधिकरण दुहबी ग्रीडका प्रमुख राजेश रेग्मीले ग्रिडमा पानी पसेका कारणले विद्युत अवरुद्ध भएको र पानी पस्ने क्रम जारी रहेकाले विधुत सुचारुमा समस्या भएको जानकारी दिनुभयो । बास्ता र टेग्रा खोलाको पानी पसेकोले सुनसरी, मोरग, धनकुटा, भोजपुर, संखुवासभा, खोटांग र झापा सहितको क्षेत्रमा विधुत अवरुद्ध भएको रेग्मीले जानकारी दिनुभयो । दुहवीको १३२ केभी प्रसारण लाईन नै डुबानमा परेकोले विधुत पूर्ण अवरुद्ध भएको छ ।
त्यसैगरी अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी र २२०÷१३२÷३३ केभी इनरुवा शबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुस भित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको प्रहरीले जनाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुबेका छन् । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवन समेत डुबानमा परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । शब स्टेशन डुवानमा परेका कारणले ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकर जस्ता मुख्य उपकरणहरुमा क्षति भएको छ । लगातारको बर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको बिभिन्न स्थानको बिद्युत सेवा अवरुद्ध भएको छ भने इन्टनेट सेवा समेत तीन दिनदेखी अवरुद्ध भएको छ ।
१, सुनसरीको भोक्राहा नरसिंह ५ मा डुबानमा परेर सडक पेटीमा बगेको बस ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया