विदेशी कुटनीतिज्ञहरुको दशैं
२९ आश्विन २०७८, शुक्रबार १७:०१
काठमाडौं । नेपालस्थित विभिन्न देशका राजदूतहरुले पनि दशैं मनाएका छन् । विजया दशमीमा उनीहरुले टीका समेत लगाएका छन् ।
भारतीय राजदूत विजयमोहन क्वात्राले दशैं मनाएका छन् । उनले दशैंका उपलक्ष्यमा शुभकामना समेत दिएका छन् ।
यस्तै चिनियाँ राजदूत होउ यान्छीले सहकर्मीहरुसँग दशैं मनाएकी छिन् । उनले दशैंमा खुशी व्यक्त गर्दै टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेकी छिन् ।
अमेरिकी राजदूतले पनि दशैं मनाएकन छन् । उनले पनि टीका लगाइदिएका हुन । राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया