राष्ट्रियसभाको बैठक स्थगित
२४ आश्विन २०७८, आईतवार १५:३१
काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेकाअनुसार विशेष कारणले आजका लागि तोकिएको बैठक स्थगित भएको हो । अर्को बैठक यही असोज २५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया