दशैं नजिकिएसँगै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
२४ आश्विन २०७८, आईतवार १२:५१
काठमाडौं । दशैं नजिकिएसँगै नेपाली बजारमा आज सुनकोको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रवार यस्तो सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ कायम गरिएको छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया