स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु
२३ आश्विन २०७८, शनिबार २१:०८
राजविराज । पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका ६ बस्ने तुलसी चौधरीको १० बर्षीय छोरा सुशिल चौधरी रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना.२ च ३७५४ नम्बरको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका उनलाई एक निजी किल्नीकमा समान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यता दुर्घट्ना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया